२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पायल्सका बिरामीले के के खानु हुँदैन?

मंगलवार , मंसिर २४, २०७६

काठमाडौँ, मङ्सिर ।  पायल्सबाट धेरै मानिसहरु पीडित भएपनि खुला रुपमा जो कोहीलाई भन्न सकेका हुँदैनन्। केही उपचारले ठीक भएजस्तो भएपनि फेरि यो समस्या पुनः दोहोरिन्छ। तर खानपान र जीवनशैलीको परिवर्तनबाट पनि यसको समस्याबाट धेरैमात्रामा बच्न सकिन्छ। पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैन, थाहा पाउनुस्।

धेरै तेलयुक्त र मसालायुक्त भोजन
अत्याधिक तेल या मसाला भएको खाना पायल्सको समस्या भएकाहरुलाई हानिकारक हुन्छ। यद्यपि पायल्स नभएकाहरुलाई पनि डाक्टरहरु यस्तो खाना नखान सल्लाह दिन्छन्। पहिल्यैदेखि पायल्सको समस्या छ भने यस्तो खानाले समस्या झन् बढाउने हुन्छ। यसका साथै कुनै पनि प्रकारको खुर्सानी नखानुहोस्।

फास्टफूड नखानुहोस्
पायल्स पीडितहरुले सकेसम्म फास्टफुडबाट बच्नुपर्छ। फास्टफुड खानुको साटो फलफुल र बन्दा, चुकन्दर, गोलभेंडाजस्ता तरकारी खानामा समावेश गर्नुपर्छ। यसले यो समस्या कम गर्न धेरै सहयोग गर्छ।

राजमा या मुसुरोको दाल
राजमा या मुसुरोको दाल पनि पायल्सबाट पीडित मानिसले सकेसम्म खानुहुँदैंन। राजमा या मुसुरोजस्ता गेडागुडीको सेवनले पायल्स रोगीलाई नराम्रो गर्छ।

घिउ
सन्तुलित मात्रामा घरमै बनेको घिउको सेवनले शरीरलाई फाइदा गर्छ। तर धेरै खानाले पायल्स रोगीलाई झन् समस्या बढाउन सक्छ। यसैले शरीरलाई राम्रो गर्ने हिसाबले मात्र घिउ सेवन गर्नुपर्छ।

कफी, कोल्ड ड्रिंक्स
चिया, कफी, कोल्ड ड्रिंक्स र बजारमा पाइने अरु चिज सेवन गर्नुहुँदैंन। सकेसम्म घरमै बनेको खाना खानुपर्छ।

मांसाहारी भोजन
कुनै पनि किसिमको मांसाहारी भोजनको सेवन गर्नुहुँदैन। मांसाहारी सुप पनि सेवन गर्नुहुँदैन।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार