२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोना भाइरसको प्रकोप

अष्ट्रेलियाबाट आज दोस्रो ‘उद्धार’ उडान : 'मेलवर्नबाट २२० नेपाली फर्किदै '

शनिवार , आषाढ १३, २०७७

 

सिड्नी, असार  ।अलपत्र नेपाली पफकार्इने क्मसँगै अष्ट्रेलियाबाट आज दोस्रो ‘उद्धार’ उडान हुँदैछ । भिक्टोरियाका लागि नेपाली वाणिज्यदूतावासले मेलवर्नबाट २२० जना नेपाली यात्रुहरु शनिबार काठमाडौं फर्किन लागेको  जनाएकाे छ । 

यसअघि यही असार ९ गते अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरुलाई काठमाडौं ल्याइएको थियो । पहिलो उडानमा जस्तै अहिले पनि अष्ट्रेलियामा आफ्ना आफ्न्त भेट्न र घुम्न आएका पर्यटकहरु नेपाल फर्काइँदैछ  । चार महिना लामो लकडाउनका कारण उनीहरु यतै रोकिएका थिए ।

नेपालबाट ५ बच्चासहित ४५ जनालाई लिएर आएको नेपाल एयरलाइन्सको हवाई जहाजबाट उनीहरु स्वदेश फर्किन लागेका हुन् । हवाई जहाजमा क्याप्टेन विजय लामासहितको टोली छ ।

नेपाल फर्किन लागेकाहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले विमानस्थलमा सहयोग गरेको छ । विमानस्थलभन्दा टाढाबाट आएकाहरुलाई शुक्रबार साँझ एनआरएनएले स्वयंसेवी ढंगले खाने–बस्ने व्यवस्था मिलाएको छ ।

साथै शनिबार बिहान पनि ती यात्रुहरुलाई ब्रेकफास्ट र उपहारको व्यवस्था मिलाइएको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले जानकारी दिए । अष्ट्रेलियामा कार्यरत नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरुले पनि नेपाल फर्किन लागेका नेपालीहरुलाई सहयोग गरिरहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार