२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अस्ट्रेलियामा अलपत्र नेपाली उद्धार गर्न सुरु, आज आउँदै २५९ जना

सोमवार , आषाढ ८, २०७७

काठमाडौं, असार । कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियामा अलपत्र नेपालीलाई फर्काउन सुरु गरिएको छ। आज (मंगलबार) पहिलो उडानअन्तर्गत नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत त्यहाँबाट २ सय ५९ नेपाली काठमाडौं आइपुग्दैछन्।

जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे उड्ने नेपाली दूतावासले जनाएको छ। छोराछोरी भेट्न अस्ट्रेलिया पुगेका ती नेपाली लकडाउनका कारण चार महिनादेखि रोकिएका थिए। साथै आजकाे जहाजमा फर्किनेमा न्युजिल्यान्डका ११ नेपाली पनि छन्। नेपाल फर्किन उनीहरू आजै बिहान अस्ट्रेलिया विमानस्थल आइपुगेका हुन्।

नेपाल फर्किन १३ सय जनाले फाराम भरेका छन्। तीमध्ये पहिलो चरणमा आज २ सय ५९ जनालाई काठमाडौं पठाउन लागिएको नेपाली दूतावासले जानकारी दिएको छ।

फर्किने नेपाली आफैंले भाडा तिर्नुपर्नेछ। प्रतियात्रु भाडा २ हजार ३ सय ५० अस्ट्रेलियन डलर तोकिएको छ। जहाज चढ्नुअघि सबै यात्रुको स्वाब परीक्षण गरिएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको दूतावासले जनाएको छ।

नेपाल आइपुगेपछि पनि उनीहरूले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम सरकारले बनाएको छ। दूतावासका अनुसार नेपाली उद्धारका लागि अब दोस्रो उडान जुन २७ मा मेलबर्नबाट हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार