वाेस्टन, मंिसर । अमेरिकी पूर्व राष्ट्रपति वाराक अाेवामा दम्पतीले म्यासाच्युसेट्समा घर खरिद गरेका छन । याे दम्पतीले म्यासाच्युसेट्स राज्य ( वाेस्टन) काे दक्षिणी कुनाे मार्थी भिनेयार्डमा बुधवार झण्डै १ कराेड २० लाख डलरमा घर खरिद गरेका हुन ।
पछि उनी अब म्यासाच्युसेट्सका स्थायी वासिन्दा भएका छन् । उनले किनेकाे याे घर जग्गा ३० एकड क्षेत्रफलमा फैलिएकाे छ । घरमा सातवटा शयन कक्ष छन् ।
राष्ट्रपतिकाे अाठ वषाेर् कार्यकालमा सात पटक उनी याे क्षेत्रमा बिदा मनाउन अाएका थिए । त्यसबेलादेखि नै उनकाे मनमा याे क्षेत्रमा बस्ने इच्छा रहेकाे बताइएकाे छ ।
सामुद्रिक किनारामा अवस्थित याे स्थान प्राकृतिक रूपले पनि सुन्दर छ । अाेवामा दम्पतीसँग करिब १३५ मिलियन डलर रहेकाे अनुमान छ ।
मिसेल अाेवामाकाे चर्चित पुस्तक ''विकमिंग'' काे बिक्रीबाट मात्रै ६५ मिलियन डलर अार्जन भएकाे थियाे ।