२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज पनि कुवेतबाट १४२ जना नेपाली स्वदेश फर्कंर्दै, साढे ११ बजे आइपुग्ने

बिहिवार , जेठ २९, २०७७

काठमाडौं, जेठ ।  कुवेतबाट आज पनि नेपाली महिला घर फर्कंदैछन् ।

आममाफीमा सहभागी एक सय ४२ जना नेपालीलाई लिएर कुवेतबाट जहाज उडेको छ । कुवेतबाट जहाज उडिसकेको र नेपालमा ११ बजेर ३० मिनेटमा आइपुग्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

फर्कने १४२ जना सबै महिला रहेका छन् । कुवेतले आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा नेपालसम्म ल्याइदिएको हो । कुवेतबाट हिजो २९९ जना महिला स्वदेश फर्किसकेका छन् । 

कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका  र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो ।

कुवेतले गएको अप्रिल महिनाभरी नै यी दुई तरिकाले आममाफीमा सहभागी गराएको थियो। नेपालीलाई भने अप्रिल २६ देखि ३० सम्मको चार दिनको समय दिएको थियो । यो चार दिनमा आममाफीमा सहभागी झण्डै तीन हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल ल्याइदिने छ ।

कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेको थियो । खाद्यान्न सहित आवश्यक कुराको व्यवस्था पनि कुवेत सरकारले नै गरेको छ ।  आममाफीमा सहभागी र केही घरफिर्ती केन्द्रमा रहेका २९९१ जनाको सूची दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

नेपालले अनुमति दिएको भए कुवेतले आममाफीमा सहभागी नेपालीलाई ल्याइदिन यसअघि पनि तयार थियो । यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार