२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अप्ठयाराेमा परेका नेपाली स्वदेश ल्याइदै

कोभिड–१९ : "अलपत्रमा परेका नेपालीकाे उद्दार गर्नुपर्ने सूची तय "

अमेरिकासहित ३० देशबाट २४ हजार नेपालीलाई तत्काल उद्दार गर्नुपर्ने, यस्ताे छ सूची

सोमवार , जेठ २६, २०७७

 

काठमाडौं, जेठ  । सरकारले कोभिड–१९ महामारी र लकडाउनका कारण अप्ठ्यारोमा परेका नेपालीमध्ये तत्कालै उद्दार गर्नुपर्ने नागरिकको सूची तय गरेको छ ।

विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १४८ छ ।

परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सोमबार बुझाएका विवरण अनुसार भारतबाहेक ३० देशमा तत्कालै उद्दार गरिहाल्नुपर्ने अवस्थामा रहेका नागरिक सबैभन्दा कम लाओसमा २ जना छन् भने सबैभन्दा बढी मलेसियामा साढे ६ हजार जना छन् ।

प्राप्त विवरण अनुसार अमेरिका, बेलायत, क्यानडा र अष्टे«लिया जस्ता देशबाट नेपाली नागरिकलाई तत्कालै उद्दार गर्नुपर्ने भनेर सम्बन्धित नियोगले विवरण पठाएका छन् । यस्तै अमेरिकाबाट ६४६, अष्ट्रेलियाबाट १३००, बेलायतबाट ४९ र क्यानडाबाट ७८ जना उद्दार गर्नुपर्ने सूचीमा छन् ।

अधिकारीहरुका अनुसार खान र बस्न समस्या परेका, रोजगारी गुमाएका र कम्पनीले टिकट नदिएका तथा विभिन्न संकटमा परेकाहरुलाई यो सूचीमा समावेश गरिएको छ । सम्बन्धित कम्पनीले टिकट काटेर पठाउने श्रमिक यसमा समावेश छैनन् ।

प्राथमिकताको आधारमा नेपाल ल्याउने प्रयोजनका लागि विदेशस्थित नियोगहरुबाट प्राप्त तत्काल उद्दार गरिनुपर्ने नेपाली नागरिकको विवरण सीसीएमसीमा पठाइएको परराष्ट्र स्रोतले जनाएको छ ।

 

कुन कुन देशबाट कति नागरिक तत्काल ल्याउनुपर्ने भयो ? हेर्नुस सूची

साभार ः अनलाइन खबर

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार