२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मनसुनी वायुको प्रभाव देशभर

यात्रा गर्दै हुनुहुन्छ ? : ' यस्तो छ आगामी ३ दिनको मौसम '

मंगलवार , भाद्र २३, २०८३

 

काठमाडौं, भदौ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ र भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

 

तराई भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई भू-भाग, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भाग तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमाको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ।

राति मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यसैगरी बुधबार र बिहीबार पनि मधेश प्रदेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन / चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

सुदुरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा बाँकी तराई भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।

भारी वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोको जोखिमबाट दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्दार तथा राहतमा असर पर्ने महाशाखाको भनाई छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार