२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' ऋणीलाई यातना दिए कारबाही ' : गृह मन्त्रालय

सोमवार , भाद्र २२, २०८३

 

काठमाडौं, भदौ ।

गृह मन्त्रालयले ऋण असुलीका नाममा ऋणीलाई दुःख दिने र यातना दिने, जिन्सी सामान उठाएर लैजाने, धरपकड गर्नेजस्ता कार्य गर्ने जोकोहीलाई कारबाही गर्न निर्देशन दिएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग भएको सम्झौताको बुँदा नम्बर ८ लाई कार्यान्वयन गर्न एक सूचना जारी गर्दै गृह मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो ।

सचिवस्तरीय निर्णय गर्दै गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरूले ऋण असुलीका नाममा ऋणीहरूलाई दुःख दिने वा यातना दिने काम गरेमा त्यसउपर पीडितले जिल्ला प्रसासन कार्यालयमा उजुरी दिए प्रचलित कानुन अनुसार कारवाही हुने भनिएको छ ।

योसँगै अब ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने, गाली बेइज्जती, दुव्र्यहारलगायतका गैरकानुनी कार्य गर्नेलाई कारबाही हुनेछ ।

त्यसका लागि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुपर्नेछ भने प्रशासनले सोही उजुरीका आधारमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार