२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विपद् प्रभावित क्षेत्र

सेनाको उद्दार तीव्र   : ' ३ हजार २०० नेपाली र २७० विदेशीको उद्दार '

शुक्रवार , भाद्र १९, २०८३

 


काठमाडौं, भदौ ।

नेपाली सेनाले भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारको कामलाई तीव्र पारेको छ।

सेनाका अनुसार हालसम्म खोज तथा उद्धारका क्रममा ३ हजार २ सयभन्दा बढी नेपालीको उद्धार गरिएको छ। त्यस्तै,२७० जना विदेशी नागरिकको समेत उद्धार गरिएको सेनाले जनाएको छ।

 

बाढीपछि प्रभावित सातवटै सुरुङमा खोज तथा उद्धारको काम जारी रहेको सेनाले जनाएको छ। 

सेनाका अनुसार शुक्रबार त्रिशूली ‘थ्री ए’ सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ। सञ्जय साह र कबीर महर्जनलाई जीवितै उद्दार गरिएको हो। 

‘थ्री बी’ सुरुङमा उद्धार टोली करिब ३ मिटरभित्र प्रवेश गरी खोजी गरिरहेको छ। टोलीले सुरुङभित्र विभिन्न स्थानमा प्वाल पारेर समेत खोजी गरिरहेको सेनाले जनाएको छ।

त्यस्तै,अपर त्रिशूली–१ को सुरुङमा उद्धार टोली करिब २०० मिटर  टनेल भित्र प्रवेश गरिसकेको छ।

 रसुवागढी क्षेत्रमा समेत सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धारको काम भइरहेको सेनाले जनाएको छ। सेनाले बाढी प्रभावित क्षेत्रमा आफ्नो मुख्य प्राथमिकता नागरिकको जीवन उद्धार रहेको जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार