२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बाढी पहिरोको प्रकोप : 'दश मुख्य राजमार्ग अवरुद्ध '

बुधवार , भाद्र १७, २०८३

 

काठमाडौँ, भदौ ।

बाढीपहिरोका कारण देशका विभिन्न दश मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार उपत्यका अन्तर्गत ललितपुरको बागमती गाउँपालिका - ३ स्थित कान्तिलोकपथ मार्ग पूर्णरुपमा अवरुद्ध छ ।

 

काठमाडौँको चन्द्रागिरीस्थित काठमाडौँ- धादिङ राजमार्ग भने एकतर्फी सुचारु भएको छ ।

बागमती प्रदेशको रसुवा जिल्ला अन्तर्गत उत्तरगया गाउँपालिका - ५ स्थित त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक खण्ड, वेत्राबत्ती नगरपालिका सिमिटारस्थित पासाङ ल्हामु सडकखण्ड र मुख्य राजमार्ग अर्को सूचना जारी नभएसम्मको लागि पूर्णरुपमा अवरुद्ध छ ।

नुवाकोटमा सम्भावित बाढी, पहिरोका कारण शिवपुरी गाउँपालिक - ८ स्थित टोखा छहरे सडक खण्ड र रसुवा जाने मुख्य राजमार्ग सबै अवरुद्ध छ ।

धादिङमा पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका - ७ स्थित पृथ्वीलोकमार्ग, गजुरी गाउँपालिका - २ परेवाभिर, पृथ्वीलोकमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् ।

लुम्बिनी प्रदेश अन्तर्गत रोल्पामा पहिरोका कारण माडी गाउँपालिका - ३ स्थित शहिदमार्ग, कर्णाली प्रदेश अन्तर्गत मुगुको छाँयानाथ रारा नगरपालिका - ४ मुगु , गमगढी र सुदूरपश्चिम प्रदेश अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका- ८ स्थित गोठाला पानी झुलाघाट सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार