काठमाडौं,भदौ।स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो।
मूल्यमा आएको यस वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख छ हजार एक सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार सात सय ६५ रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार छ सय रुपैयाँ र चाँदी प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो।