२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मनसुनी वायुको प्रभाव देशभर : ' मङ्गलबारसम्म भारी बर्षा हुने '

छ प्रदेशमा वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह : मौसम पूर्वानुमान महाशाखा

आइतवार , श्रावण ३, २०८३

 

काठमाडौँ, साउन ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले ६ प्रदेशको विभिन्न भूभागमा मध्यमसम्मको वर्षा भइरहेको छ । मङ्गलबारसम्म भारी बर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ

आइतबार राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा बागमती प्रदेशको हिमाली, पहाडी र तराई भूभाग साथै मधेस प्रदेशको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भोलि सोमबार र पर्सी मङ्गलबार देशभर साधारणतया बादल लाग्नेछ । भोलि कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

पर्सी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार