२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक : श्रम संस्कृति पार्टीको आफ्नो विरोध कायमै

बुधवार , जेठ १३, २०८३

काठमाडौँ, जेठ। प्रतिनिधिसभा बैठकको सुरूआतमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट ‘रूलिङ’ हुनुपर्ने  माग दोहोर्‍याउँदै त्यसो नहुँदासम्म आफ्नो विरोध कायमै रहने बताउनुभयो ।  

सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई आशन ग्रहण गर्न आग्रह गर्नुभयो । यसपछि सांसद राईले विरोध जनाउँदै बैठक बहिष्कार गर्नुभयो । बैठकमा अहिले आकस्मिक समय सुरु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नुहुने छ ।

राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक बैठकमा टेबुल गर्ने कार्यसूची छ ।

संसद् सचिवालयका अनुसार बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने छ । रासस 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार