२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विपक्षी दलको बैठक : सरकारका काम कारबाहीको समीक्षा

बुधवार , बैशाख १६, २०८३

 

 

काठमाडौँ, वैशाख ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलको बैठक सिंहदरबारमा बसेकाे छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी सो बैठकमा पछिल्लो राजनीतिक अवस्था र सरकारका काम कारबाहीबारे छलफल भएको छ ।

सरकारले संसद्लाई छलेर संवैधानिक परिषद् र सहकारी समस्यासँग सम्बन्धित विधेयक ल्याएपछि त्यसको विरोध र प्रतिवाद गर्न विपक्षी दल एकजुट भएका हुन् ।

बैठकमा सरकारले संसद्को क्षेत्राधिकार मिचेको तथा लोकतान्त्रिक मूल्यमान्यता विपरीत गतिविधि बढाएको विषयमा गम्भीर समीक्षा भइरहेको बताइएको छ ।

बैठकमा सहभागी नेताहरूका अनुसार सुकुमवासी बस्ती हटाउने लगायतका सरकारका पछिल्ला कदमहरूको विरोध गर्ने र जनसरोकारका मुद्दामा एकताबद्ध भएर अघि बढ्ने योजना तय गरिने छ ।

सरकारका त्रुटिपूर्ण कामको विरोध गर्न विपक्षी मोर्चालाई सशक्त बनाउने उद्देश्यले यो बैठक बोलाइएको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा -एमाले), नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी लगायत विपक्षी दलका शीर्ष नेताको सहभागिता छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार