२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रवि लामिछानेको सांसद पद निलम्बन माग : ' रिट सर्वोच्चद्वारा दरपीठ '

मंगलवार , बैशाख ८, २०८३

काठमाडौँ, बैशाख ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनको माग राख्दै पेस भएको रिट निवेदन दरपीठ गरिदिएको छ ।

अधिवक्ता आयुश बडालले मंगलबार पेस गरेको निवदेन दरपीठ गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।

सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा विचाराधीन रहेका लामिछानेको सांसद पद निलम्बन हुनुपर्ने र प्रतिनिधिसभाको बैठकमा भाग लिन नपाउने दाबी रिटमा थियो ।

निलम्बन हुनुपर्ने लामिछानेले संसद् बैठकमा भाग लिइरहेकाले अन्तरिम आदेश जारी गरी निलम्बनमा राख्नु भन्ने आदेशको माग रिटमा गरिएको छ । निवेदकले बुधबारको इजलासमा निवेदन दिने तयारी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार