२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस केन्द्रिय अनुशासन समिति बैठक

अनुशासन समितिले भन्यो : ' पार्टी विधान र प्रक्रिया भित्र रहेर काम'

पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय फिर्ता भएको छैन

सोमवार , बैशाख ७, २०८३

 

काठमाडौं, बैशाख ।

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय फिर्ता नभएको स्पष्ट पारेको छ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको समितिको बैठकपछि अनुशासन समितिका संयोजक तारामान गुरुङले स्पष्टीकरण सोध्ने यसअघिको निर्णय फिर्ता लिने विषयमा छलफल नभएको बताएका हुन्।

उनले खड्कालाई सात दिने स्पष्टीकरण सोधेको सोमबार पाँच दिनमात्रै भएको उल्लेख गरे। अनुशासन समितिले पार्टीको विधान अनुसार प्रक्रियागत ढंगले काम गरिरहेको भन्दै फिर्ता लिने कुनै कुरा नभएको उनको भनाइ छ।

उनले पार्टीको विधानभन्दा तल माथि गर्ने अधिकार आफूहरूसँग नरहेको र स्पष्टीकरणको सात दिन नपुग्दासम्म यस विषयमा अरू केही जवाफ दिन नसक्ने स्पष्ट पारे।

उनले अनुशासन समितिले व्यक्ति भन्दा पनि पार्टीलाई अनुशासित र मर्यादित ढंगले अघि बढाउन ध्यान केन्द्रित गरेको धारणा समेत राखे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार