२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देउवा पक्षको भेलाको निष्कर्ष

कांग्रेसलाई कसरी अगाडि बढाउने : ' जिम्मा सानेपाले लिनुपर्छ '

पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड

आइतवार , बैशाख ६, २०८३

 

काठमाडौ, बैशाख ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अव पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् ।

आइतबार काठमाडौंमा बसेको १४औं महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफलका क्रममा पार्टी विवादका बिषयमा अदालतले फैसला गरिसकेको अवस्थामा अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका हुन् ।

पार्टीलाई एकतावद्ध गर्न अहिलेको अवस्थामा सानेपाले नै सबैलाई मिलाएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा आफूहरुको मत रहेको कांग्रेस नेत नेता कुन्दनराज काफ्लेले बताए ।

विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सदस्यहरुको छलफलले निरन्तर छलफल गरेर पार्टीलाई कसरी अघि बढाउने भन्नेबारे आवश्यक निर्णय लिने उनको भनाइ छ ।

बैठकमा पार्टीको पहिलेको विश्लेषण, निर्वाचनमा पराजयको कारणलगायतका बिषयमा समेत छलफल भएको काफ्लेले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार