काठमाडौं, चैत ।
नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। समितिका सचिव दिनेश थापामगरका अनुसार केन्द्रीय अनुशासन समितिको बैठक २०८२ वैशाख २ गते बुधबारका दिन बिहान ११ बजे बोलाइएको हो।
उनका अनुसार पार्टीको केन्द्रीय कार्यालय, बी।पी।स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्नेछ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अगाडि केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको हो।