२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

संसदीय दलको नेता निर्बाचन : " वैशाख ४ मा हुने "

नेता चयन गर्न सहमहामन्त्री रसाइली नेतृत्वमा निर्वाचन समिति

आइतवार , चैत्र २९, २०८२

 

काठमाडौँ, चैत ।

कांग्रेसले संसदीय दलको नेता वैशाख ४ गते चयन गर्ने भएको छ । त्यतिञ्जेल सर्वसम्मति नभएमा निर्वाचन प्रकियाबाट दलको नेता चयन गर्न लागेको हो ।

पार्टीले नेता चयनका लागि सहमहामन्त्री प्रकाश रसाइलीको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिसकेको छ । रसाइलीले वैशाख २ गते निर्वाचन तालिका सार्वजनिक हुने र ४ गते नेता चयन हुने बताए ।

' सर्वसम्मति भएपनि निर्वाचनको प्रक्रिया गर्नुपर्ने हुन्छ, उनले भने, ' ४ गते निर्वाचनका लागि २ गते तालिका सार्वजनिक गछौं ।

संसदीय दलका नेताका लागि अर्जुननरसिंह केसी, भीष्म आङदेम्बे, मोहन आचार्य र भरतबहादुर खड्काको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार