२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

देशभरकाे माैसम : बर्षा र हावाहुरी -' कुन-कुन प्रदेशमा सम्भावना ? '

मंगलवार , चैत्र २४, २०८२

 

काठमाडौं, चैत ।

बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहाज जारी गरेको बुलेटिनमा नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको उल्लेख छ।

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।

आज राती कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरु तथा बागमती र कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन  चट्याङ्ग सहित मध्यम वर्षा हिमपातको सम्भावना रहेको छ।

बुधबार लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा भारी वर्षा हिमपातको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशको केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार