२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा  वैठक

" संसदले नागरिकमा नयाँ आशा जगाउन सक्नुपर्छ "

'राजनीतिक आस्था फरक भए पनि देश एउटै हो ' : आङदेम्बे

बिहिवार , चैत्र १९, २०८२

 

काठमाडौं, चैत ।

नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले अहिलेको संसदले नागरिकमा नयाँ आशा जगाउन सक्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारबाट सुरु भएको वैठकलाई सम्बोधन गर्दै नेता आङदेम्बेले प्रतिनिधिसभामा सहभागी सदस्यहरुको आवद्धता र राजनीतिक आस्था फरक फरक भए पनि देश एउटै भएको बताए ।

उनले भने, ' त्यसैले देश डुबे सँगै डुब्छौं, उठे सँगै अगाडि बढ्छौं । ' उनले अब विगतका गल्तीहरुबाट पाठ सिक्दै यो संसदले सबै एक भएर देश विकासका लागि अगाडि बढ्ने संकल्प गर्नुपर्ने बताए ।

उनले कांग्रेसले नविनतामा निरन्तरताको मान्यता राख्ने भएकाले जेनजीको माग निष्कर्षमा पुर्याउन कांग्रेस खबरदारी गर्न प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार