२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संघीय संसद् सचिवालय

सभामुख पदको निर्वाचन  चैत २२ मा : ' मनाेनयन दर्ता आज '

बिहिवार , चैत्र १९, २०८२

 

काठमाडौं, चैत ।

चैत २२ गते हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनका लागि संघीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ।

प्रतिनिभिसभाको आजदेखि सुरु भएको पहिलो अधिवेशनको पहिलो बैठकमा अध्यक्षता गर्ने ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले दिएको निर्देशन बमोजिम संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले कार्यतालिका सार्वजनिक गरेका हुन्।

सो कार्यतालिका बमोजिम चैत २० गते बिहान ११ बजेदेखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावालीको ढाँचामा प्रस्तावको सूचना (मनोनयन)  संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार