२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

पार्टीको विवाद मिलाउन नसके - ' अर्को निर्वाचनमा अवस्था झन् बिग्रिन्छ '

बिहिवार , चैत्र १९, २०८२

 

काठमाडौं, चैत ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन् अवस्था बिग्रने बताएका छन्।

बिहीबार कमलप्रसाद कोइराला स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा नेता कोइरालाले अहिले कांग्रेस, एमालेलगायतका पार्टीभित्र विचित्रको विवाद रहेको भन्दै विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन् अवस्था बिग्रन सक्ने बताए।

पार्टीलाई एकढिक्का बनाउन नसके थप अप्ठ्यारो अवस्थामा जाने उनको भनाइ छ। उनले पार्टीभित्रको विवादलाई मिलाउने प्रयासमा आफू रहेको उल्लेख गरे।

कोइरालाले पुराना पार्टीभित्रको कमजोरीका कारण निर्वाचनमा अनपेक्षित नतिजा आएको समेत बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार