२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

लेखकको बन्दीप्रत्यक्षीकरण निवेदन : 'कारण देखाउ आदेश '

सोमवार , चैत्र १६, २०८२

 

काठमाडौँ, चैत ।

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले यस्तो आदेश जारी गरेको हो ।

सर्वोच्चले लेखकलाई पक्राउ गर्नुको कारणसहित बहसका लागि अदालत उपस्थित हुन सरकारी पक्षलाई आदेश दिएको हो ।  लेखकका तर्फवाट श्रीमती यशोदा लेखकले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

शनिबार प्रहरीले २३ र २४ भदौको घटनामा छानबिनका लागि लेखकलाई पक्राउ गरेको थियो । त्यसविरुद्ध परिवारले सर्वोच्चमा गैरकानुनी रुपमा थुनामा राखेको भन्दै निवेदन दिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार