२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जम्मु कश्मीरमा हिमपहिरो : ' सात जनाको मृत्यु '

शनिवार , चैत्र १४, २०८२

 

नयाँदिल्ली, चैत ।

जम्मु कश्मीर नजिकैको अग्लो पाहाडी पास जोजिला पासमा हिम-पहिरो जाँदा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै र पाँच जना घाइते भएको स्थानीय अधिकारीले शनिबार पुष्टि गरेका छन् ।

प्राकृतिक प्रकोपपछि धेरै सवारी साधन भग्नावशेष मुनि फसेको जनाउँदै दुर्घटनापछि हालसम्म राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको मिडियाले रिपोर्ट गरेका छन् ।

पछिल्लो मिडिया रिपोर्टका अनुसार शवको बरामद र घाइतेको उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएसँगै उद्धार कार्य सम्पन्न भइसकेको जनाइएको छ । सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार