२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' मुलुक युवाको भावना अनुसार अघि बढाउँछौं' : सञ्चारमन्त्री तिमिल्सिना

शुक्रवार , चैत्र १३, २०८२

 

काठमाडौं, चैत । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। शुक्रबार शीतल निवासमा शपथ लिएपछि मन्त्री तिमिल्सिनाले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री तिमिल्सिनाले युवाहरूको भावना अनुसार मुलुकलाई अघि बढाउने जिम्मेवारी सबैको भएको बताए।

उनले देशमा बस्न लायक बनाउन र नवयुवाहरू विदेशिन नपर्ने गरी आशाको सञ्चार बनाउनुपर्ने धारणा राखे। आफूलाई गल्ती गर्ने छुट नभएको भन्दै उनले रूपान्तरणको आफ्नो अभियानमा साथ दिन आग्रह गरे।

उनले मन्त्रालय मातहतका निकायको सुधारका लागि सबै कर्मचारीहरूको साथ लिएर अघि बढ्ने धारणा राखे। - अन्नपूणर्बाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार