२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रधानमन्त्री बन्दै बालेन्द्र : शुक्रबार शपथ - " साइत १२ : ३४ बजे "

१०८ बटुकबाट स्वस्ती शान्ति वाचन र १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ

बुधवार , चैत्र ११, २०८२

 

काठमाडौँ,  चैत ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार दिउँसो १२ः ३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने भएका छन् । रास्वपा नेताका अनुसार प्रधानमन्त्रीको शपथको साइत त्यतिबेलालाई जुरेको हो ।

राष्ट्रपति भवन, शीतल निवासमा हुने शपथ ग्रहणमा ७ वटा शंखनाद हुनेछ । त्यस्तै १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

त्यसअघि बिहीबार सांसदहरूले पद तथा गोपनीयताको शपथ लिने छन् । बुधबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिइसकेका छन् ।

केसीले नै अन्य सदस्यलाई शपथ खुवाउनेछन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने उद्घोष गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार