काठमाडौं, चैत । नेपाली कांग्रेसको केन्द्रीय समितिको शुक्रबारको बैठक सकिएको छ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको परिणाम समीक्षा र सभापति गगन थापाले पेस गरेको राजीनामाबारे छलफप गर्न वैठक बसेको थियो ।
पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा पार्टी मुख्यालय सानेपामा बसेको आजको बैठकले निर्वाचन नतिजाको प्रारम्भिक समीक्षा गर्दै सभापति थापाको राजीनामाको विषय छलफलमा ल्याएको छ ।
वैठकमा उपसभापति शर्माले निर्वाचनमा पार्टीले पराजय भोग्नु पर्नाको मुख्य सात कारण पेस गरेका छन् । उनले पार्टीभित्रका चरम गुटबन्दी, विगतको एमाले–कांग्रेस सरकारले गरेका कामप्रति मतदातामा देखिएको वितृष्णा नै कांग्रेस पराजयको मुख्य कारण औल्याएका छन् ।
उनले ५० दिनको छोटो अवधिको जिम्मेवारीमा कसैले पनि दिग्विजय हासिल गर्न नसकिने तर्क पेस गरेका छन् । आजको वैठकले सभापति थापाले दिएको अस्वीकृत गर्ने प्रस्ताव गरेको भए पनि यसको औपचारिक निर्णय आइतबार मात्र हुने कांग्रेसले जनाएको छ ।
आजको बैठकमा सभापति थापाले किन राजीनामा दिन आवश्यक छैन विषयमा उपसभापति शर्माले विभिन्न २७ कारणहरु पेस गरेका थिए । आजबाट सुरु भएको केन्द्रीय कार्य समितिको बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको हो ।