२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचन

समानुपातिक सांसद : ' आयोगले आज प्रमाणपत्र दिइने

बिहिवार , चैत्र ५, २०८२

 

काठमाडौं, चैत । प्रतिनिधिसभा सदस्यमा निर्वाचित समानुपातिक सांसदलाई आज प्रमाणपत्र वितरण हुने भएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बिहीबार बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिने सञ्चारकर्मीलाई जानकारी दिएका छन ।

उनका अनुसार समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर आयोगले बिहीबार बेलुकी ५ :३० बजे आयोगको केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरको हलमा पत्रकार सम्मेलनको आयोजनासमेत गरेको छ ।

आयोगले आजै निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ।

आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि संविधान अनुसारको सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ। समानुपातिक निर्वाचनत रास्वपाबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा -एमाले) बाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राप्रपाबाट ४ ४ जना सांसद निर्वाचित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार