२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

घोडेजात्रा - २०८२ : ' राष्ट्रपतिद्वारा घोडेजात्रा अवलोकन '

बुधवार , चैत्र ४, २०८२

 

काठमाडौँ, चैत । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ का अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन ।

सो अवसरमा नेपाली सेनाको एक टोलीले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो । समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको रुचिपूर्वक अवलोकन गरे ।

त्यसक्रममा सेनाका तर्फबाट टाँगन घोडा दौड, शो जम्प, म्युजिकल राइड, र्यापिड क्रस र विभिन्न रोचक कलाहरू प्रदर्शन गरिएका थिए ।

प्रदर्शनका विभिन्न विधामा उत्कृष्ट हुने सातौँ र छैटौँ स्थान प्राप्त गर्ने अधिकृत तथा जवानलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरे ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिका साथै उच्च पदस्थ सरकारी अधिकारीको उपस्थिति रहेको थियो ।

चैत्र कृष्ण औंसीका अवसरमा परापूर्वकालदेखि नै काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमका साथ मनाउने गरिन्छ ।

टुँडिखेलमा घोडा दौडाउँदा 'गुरुमापा' नामक राक्षसको आत्मा कुल्चिने र सहरमा सुख-शान्ति कायम हुने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार