२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी : ' समानुपातिकको नामावली टुङ्गो लगायो '

आइतवार , चैत्र १, २०८२

काठमाडौँ, चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका सांसदहरूको नामावली टुङ्गो लगाएको छ । आइतबार काठमाडौँको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले पाउने चार जना समानुपातिक सांसदको नाम टुङ्गो लगाएको हो ।

निर्वाचन आयोगमा नामावली पठाएपछि मात्रै सार्वजनिक गर्ने गरी प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाइएको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सञ्चारकर्मीलाई जानकारी दिए ।

त्यसैगरी बैठकले मधेस प्रदेशमा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा नियुक्त गर्नका लागि एक जनाको नाम सिफारिस गरेको छ । अध्यक्ष लिङ्देनले भने, ' विषम परिस्थितिमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्ने र प्रत्यक्षतर्फ ज्ञानबहादुर शाहीलाई विजयी गराउने सम्पूर्ण मतदातालाई धन्यवाद दिने निर्णय गरिएको छ ।

त्यसैगरी मधेस प्रदेशसभामा रिक्त रहेको सदस्य पदमा समानुपातिक सूचीको प्राथमिकता क्रममा रहेको नामलाई नियुक्तिका लागि सिफारिस गरिएको छ । प्रतिनिधिसभाका चार जना सदस्यको नाम आयोगमा पठाएपछि सार्वजनिक गरिने छ ।

बैठकले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका नेता ज्ञानबहादुर शाहीलाई बधाई दिँदै पार्टीको पक्षमा मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार प्रकट गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार