२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

अनुशासन समिति बैठक : ' अनुशासन उल्लङ्घनका उजुरीमाथि अध्ययन सुरु '

शुक्रवार , फाल्गुण २९, २०८२

 

ललितपुर, फागुन । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी।पी। नगर ललितपुरमा सम्पन्न भएको छ ।

समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको बैठकले अनुशासनसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकले केन्द्रीय अनुशासन समितिमा प्राप्त भएका पार्टी अनुशासन उल्लङ्घनका उजुरीहरूमाथि प्रारम्भिक अध्ययन सुरु गर्ने निर्णय गरेको छ । प्राप्त उजुरीहरूको प्रकृति र प्रमाणका आधारमा समितिले छानबिन प्रक्रिया अघि बढाउने जनाइएको छ ।

यसैगरी, बैठकले 'नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि - २०८२ु को उपदफा १.१ बमोजिम केन्द्रीय कार्यालयका सह-सचिव दिनेश थापा मगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

' पार्टीभित्रको आन्तरिक अनुशासनलाई थप सुदृढ र व्यवस्थित बनाउन समितिले सक्रियता बढाउने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार समितिले कार्यविधि अनुसार आफ्ना आगामी गतिविधिहरूलाई तीव्रता दिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार