२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' नेपालसँग हाम्राे सम्बन्ध अद्वितीय ' : प्रवक्ता जयसवाल

बिहिवार , फाल्गुण २८, २०८२

 

काठमाडौं,   फागुन  ।  भारतीय विदेश मन्त्रालयले भारत र नेपालबीच अद्वितीय र बहुआयामिक साझेदारी रहँदै आएको बताएको छ।

बिहीबार साप्ताहिक प्रेस ब्रिफिङमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारत र नेपालबीचको साझेदारीले आगामी दिनमा पनि गतिशीलता पाउने बताए।

'यहाँहरूलाई थाहा नै छ भारत र नेपालबीच एक अद्वितीय र बहुआयामिक साझेदारी तथा सम्बन्ध रहेको छ। आगामी दिन तथा वर्षहरूमा यो गतिशीलता अझ सुदृढ र प्रगाढ हुँदै जाने हामीले अपेक्षा गरेका छौं,' उनले भने।

प्रवक्ता जयसवालले भारत सरकारले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने बताए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेको बताउँदै भारत साझा शान्ति, प्रगति र समृद्धि चाहेको बताए।

' नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएपश्चात हामीले त्यसको स्वागत गरेका छौं।  हाम्रा प्रधानमन्त्रीज्यूले पनि टेलिफोन संवादमार्फत रास्वपाले हासिल गरेको शानदार सफलताका लागि बधाई दिएका छन ।

प्रधानमन्त्रीज्यूले एक घनिष्ठ मित्र र छिमेकीका रूपमा नेपालका जनता र नयाँ सरकारसँग मिलेर काम गर्न तथा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न भारत सदैव प्रतिबद्ध रहेको कुरा बताउनुभएको छ,' उनले भने।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार