२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्वाचन आयोग

समानुपातिकतर्फको सिट बाँडफाँड  : " कुन दलले कति पाए ? "

बिहिवार , फाल्गुण २८, २०८२

 

काठमाडौं, फागुन । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँड गरेको छ। समानुपातिक मतगणना सम्पन्न भएपछि आयोगले ११० सिट रहेको समानुपातिक सिट बाँडफाँड गरेको हो।

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १६ सिट, नेपाली कम्युनिस्ट पार्टीले ९ सिट, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४- ४ सिट जितेको छ।

आयोगका अनुसार समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा १ करोड ८ लाख, ३५ हजार २५ मत सदर भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार