काठमाडौं, फागुन । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहेको छ। हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार प्रत्यक्ष र समानुपातिकमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ।
निर्वाचन आयोगका अनुसार अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता छ। आइृतबार बेलुका ९ बजेसममको परिणाम अनुसार, १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १२२ सिट, कांग्रेसले १७ सिट, एमालेले ७ सिट, नेकपाले ७ सिट, श्रम संस्कृति पार्टीले ३ सिट, राप्रपाले १ सिट र स्वतन्त्र उम्मेदवार महावीर पुनले एक सिट जितेका छन्।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ ५६ लाख ८४हजार ३४७ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले २७ लाख ८९ हजार ३५८ मत, नेपाली काँग्रेसको ९ लाख ३८,३९७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ८ लाख ११,४६३ मत प्राप्त गरेका छन्।
यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले ३ लाख ८७,२६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख २,०३४, श्रम संस्कृति पार्टीले १ लाख ५२ हजार २८७ मत प्राप्त गरेको छ। समानुपातिक सिट प्राप्त गर्न दलले सदर मतको ३ प्रतिशत थ्रेस होल्ड कटाउनुपर्छ।