२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भोजपुर : श्रम संस्कृतिका ध्रुवराजले पूर्व मुख्यमन्त्री शेरधन राईलाई हराए

आइतवार , फाल्गुण २४, २०८२

 

काठमाडौँ,  फागुन । प्रतिनिधिसभा निर्वाचनमा भोजपुरबाट श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन्।

राईले एमाले सचिव एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईलाई १ हजार ९१३ मतको फरकले पराजित गरेका हुन्।

श्रम संस्कृति पार्टीका राईले १६ हजार ६६३ र एमाले सचिव राईले १४ हजार ७५० मत प्राप्त गरे।

यस्तै, नेपाली कांग्रेसका बालकृष्ण थापाले ६ हजार ८७० र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले ६ हजार १०२ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङवाङ ५ हजार ३७२ मतमा सीमित भए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार