२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्वाचनका बेला स्वास्थ्य सेवा समन्वय गर्न - ' द्रुत प्रतिकार्य टोली '

बुधवार , फाल्गुण २०, २०८२

 

काठमाडौं, फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही भोलि हुने निर्वाचनको लागि स्वास्थ्य सेवा समन्वय गर्न संघ र प्रदेशमा समन्वयकर्ता तोकेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निर्वाचनमा सम्भावित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वय गर्नका संघका ६ जना संघमा र सातवटै प्रदेशमा ७ जना समन्वयकर्ता तोकिएको बताए ।

उनका अनुसार निर्वाचनमा सम्भावित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वय गर्न स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका ६ जना र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका ७ जना तोकिएको छ ।

संघमा बन्दना भट्ट, डा. नवराज जोशी, नरमाया रिजाल, विमला महर्जन, गोपाल पाण्डे र श्रीया सुवेदी रहेका छन् ।

यस्तै, कोशी प्रदेशमा डा. सभ्यता सुवेदी, मधेसमा फुलेन्द्र यादव, बागमतीमा दिनेश रुपाखेती, गण्डकीमा बुद्धिसागर अधिकारी, लुम्बिनीमा नोधनारायण चौधरी, कर्णालीमा श्यामलाल आचार्य र सुदूरपश्चिम प्रदेशमा हेमराज जोशी रहेका छन् । '

समन्वयकर्ताले निर्वाचनको दिन सम्भावित घटनाका घाइतेलाई अस्पतालसम्म पुर्याउने र उपचारसम्ममा समन्वय गर्ने छन्,' मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले भने । मन्त्रालयले यसअघि नै सबै अस्पतालमा द्रुत प्रतिकार्य टोली गठन गर्न निर्देशनसमेत दिइसकेको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार