२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा निर्वाचन : ' साढे ७ लाखले उपत्यका छाडे '

छाडनेक्रम बुधबारसम्म जारी रहने

मंगलवार , फाल्गुण १९, २०८२

 

काठमाडौं, फागुन । २१ गते बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि साढे ७ लाखभन्दा बढीले उपत्यका छाडेका छन्। हालसम्म करिब सात लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडिसकेका ट्राफिक प्रहरीले जनाएको छ । उ

पवत्यका ट्राफिक प्रहरीका अनुसार यो क्रम बुधबारसम्म जारी रहने छ। यात्रुको चाप बढेसँगै मुख्य राजमार्ग, बसपार्क तथा उपत्यकाबाट बाहिरिने नाकाहरूमा सवारी साधनको लामो लाम देखिएको छ।

यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीको जनशक्ति वृद्धि गरिएको छ। यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको र आवश्यकता अनुसारका क्षेत्रहरूमा विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार