२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' श्रमदानबाट धरानलाई २ अर्बको सम्पति जोडेको छु ' : अध्यक्ष राई

शुक्रवार , फाल्गुण १५, २०८२

 

धरान, फागुन । श्रमसंस्कृति पार्टिको अध्यक्ष हर्कराज राई (साम्पाङ) ले धरान उपमहानगरमा श्रमदानबाट मात्र २ अर्ब बढीको सम्पति जोडेको बताएका छन । शुक्रबार धरान- २ भानुचोकमा भएको श्रमसंस्कृति पार्टिको बृहत आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।

श्रमसंस्कृति पार्टिको अगुवा आफू भएपनि यसको जन्मदाता जनताहरु भएको उनले बताए । श्रमसंस्कृति पार्टिले ३ करोड नेपालिको जीवनस्तर उकास्नका लागि, आर्थिक विकास गर्नको लागि, देशको स्वाधिनता र सम्प्रभुता बचाउनको लागि अगाडी कदम चालेको छ । हामी कसैलाई पराई ठान्दैनौ तर साँचो बोल्छौ ।

'हामीले साँचो बोल्दा गलत भाष्य निकालिरहेको छ किनभने हाम्रो समाज सत्यबाट भाग्दै गएको समाज हो, साँचो बोल्दा कोहि रिसाउला, के होला भनेर हामी साँचो कुरा सुन्ने, बोल्ने साहस गर्दैनौ र त्यसैले हामी लडिरहन्छौ ।'

तर हाम्रो पार्टिको प्रमुख एजेण्डा नै साँचो बोल्ने, साँचो सुन्ने र साँचो सुनाउने हो । त्यसैले पार्टि खोलेको केही सयमा नै धेरै ठुलो पार्टी र जनताको आशा र विश्वासको पार्टि भएको हो,' उनले भने ।

' जेनजी आन्दोलन पनि हामीले चाहेको आन्दोलन होइन । कति जनताहरुले आफनो छोरा छोरी गुमाउनुभयो, कतिले आफ्नो साहारा गुमाए, कति जेन्जीहरुले आफ्नो शरिरको अंगहरु गुमाए यस्तो अवस्थामा देशलाई साँचो सेवक चाहिएको छ, देशको यस्तो अवस्थालाई टुलुटुलु हेरेर बस्न सकिन र श्रमदानमार्फत धरानको धेरै विकास गर्दागर्दै पनि धरान मात्र नभएर समग्र देशको विकास गर्न भनेर म नगर प्रमुखको पद छाडेर देशको सेवा गर्न भनि चुनावमा होमिएको हुँ, उनले थपे ।

श्रमदानमार्फत धरानमा खानेपानि, उधोग, पार्कलगायत धेरै कामहरु भए तर सुनसरी १ मा २६ जना उम्मेद्वार रहेकोमा कसैले पनि सहयोग नगरेको बताउदै आगामाी चुनावमा जनताहरुले उनीहरुलाई चिन्नुपर्ने बताए ।

बृहत आमसभालाई झापा - ५ को उम्मेदवार समिर तामाङ, श्रमसंस्कृति पार्टि धरानको अध्यक्ष दिनेस राईलगायत श्रमदाताहरुको बाक्लो रुपमा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार