२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचन

आयोगले भन्यो : ' अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टा सिल गर्नु '

एक साता मदिरा बिक्रीमा रोक लगाइने

मंगलवार , फाल्गुण १२, २०८२

 

काठमाडौँ, फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टा सिल गर्न सरकारसमक्ष सिफारिस गरेको छ । 

आयोगका सदस्य सगुन शमशेर जबरा नेतृत्वको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले फागुन २१ का लागि तय भएको निर्वाचनअन्तर्गत नेपाल(भारत र नेपाल(चीन सीमा नाका सिल गर्न सिफारिस गरिएको हो ।

भारतसँग नेपालको खुला सीमा छ । करिब १ हजार ८८० किलोमिटर लम्बाइमा नेपाल(भारत सीमा कायम छ ।

त्यसैगरी नेपाल(चीन सीमा नियन्त्रित अवधारणा अन्तर्गत छ । दुवै देशका नागरिक भिसा र सीमावर्ती जिल्लाका हकमा स्थानीय प्रशासनले जारी गरेको अस्थायी पासका आधारमा आवागमन गर्न पाइन्छ ।

आयोगले निर्वाचनका बेला अत्यावश्यक वस्तु तथा सेवाको हकमा जाँच गराएर  र बाँकीको हकमा आवागमन पूर्ण रूपमा बन्द गराउन सिफारिस गरिएको हो ।

यसैगरी मतदान र अघि गरी एक साताका लागि देशभर मदिरा बिक्रीलाई समेत रोक लगाउन सिफारिस गरेको छ ।

मदिरा सेवन गरेर शान्ति सुरक्षामा खलल पुर्याउने, सामाजिक सद्भाव बिथोल्नेलगायत गतिविधि नियन्त्रणका लागि १ सातालाई बिक्री वितरण रोक लगाउन सिफारिस गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार