२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

वायु प्रदूषणबाट बच्न महाशाखाको आग्रह

देशमा पश्चिमी वायुको प्रभाव : ' चार प्रदेशमा हल्का वर्षा र हिमपात हुने '

बुधवार , माघ २८, २०८२

 

काठमाडौँ,  माघ ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईका धेरै स्थान र विभिन्न उपत्यकाहरूमा बाक्लो हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको छ भने तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु लाग्ने सम्भावना छ।

पहाडी भेगमा साधारणतया बदली रहे पनि तराईको मौसम भने मुख्यतया सफा रहने अनुमान गरिएको छ। यद्यपि, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना देखिएको छ।

आज राति पनि तराईका केही स्थानमा तुँवालो लाग्ने र कोशी तथा गण्डकी प्रदेशका उच्च पहाडी भागमा मौसम बदली रहने महाशाखाको भनाइ छ। तत्काल वर्षाको ठुलो सम्भावना नरहेकाले तराई र उपत्यकाहरूमा वायु प्रदूषणको स्तर कायमै रहने देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार