२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक

नेपाली कांग्रेस : भावी प्रधानमन्त्रीमा - " कांग्रेसबाट सभापति थापा "

मतदातालाई सजिलो होस् भनेर यस्तो निर्णय : उपसभापति शर्मा

शुक्रवार , माघ ९, २०८२

 

काठमाडौँ, माघ । कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । पार्टी मुख्यालय सानेपामा बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले भावी प्रधानमन्त्री थापालाई तोकेर निर्वाचनमा होमिने निर्णय गरेको हो ।

केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर जाने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए । '

देशको प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा मतदातालाई सजिलो होस् भनेर यस्तो निर्णय गरिएको हो,' उपसभापति विश्वप्रकाश शर्माले भने ।

शर्माले बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेस गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार