२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मौसम विज्ञान विभाग भन्छ

तराईमा बाक्लो हुस्सु र कुहिरो : 'केही दिन कायम रहने '

बुधवार , पौष ९, २०८२

 

काठमाडौँ, पुस । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

विभागले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने उल्लेख गरेको छ । विभागका अनुसार, मंगलबार पनि देशको तराईका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको जानकारी दिए ।

उनले भने, 'आगामी तीन दिनमा उल्लेख्य सुधार हुने सम्भावना नरहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ । '

उनका अनुसार मंगलबार बिहान काठमाडौँको तापक्रम यो वर्षकै सबैभन्दा कम रेकर्ड भई ४ दशमलव ९ डिग्रीमा झरेको थियो ।

मौसमविद् दाहालले मुख्यगरी पानी पर्ने प्रणाली नभएको पश्चिमी वायु सक्रिय हुन नसकेकाले हुस्सु कुहिरो थप बढेको हो । मौसमविद्हरुले यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो खानेकुरा खान सुझाव दिएका छन् ।

विभागले आज साँझ जारी गरेको बुलेटिनमा कोशीका तराई भू -भागमा भोलि मध्याह्नसम्म बाँकी भू -भागमा दिनभर नै हुस्सु र कुहिरो लाग्ने जानकारी गराइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार