२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एपीएफ क्लब साफ क्लब महिला च्याम्पियनशिप फुटबलको फाइनल नजिक

आइतवार , पौष ६, २०८२

काठमाडौँ,पुस । सशस्त्र प्रहरीको एपीएफ क्लब साफ क्लब महिला च्याम्पियनशिप फुटबलको फाइनल नजिक पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा पाकिस्तानको कराँची सिटी एफसीलाई पराजित गर्दै एपीएफ फाइनल नजिक पुगेको हो । 
खेलको ५२औं मिनेटमा हेड गोल गरेकी हुन् ।

पेनाल्टी बक्स बाहिरबाट मिडफिल्डर रेनुका नगरकोटेले दिएको हाइ बललाई उनले सिक्स यार्ड बक्सबाट सहजै हेडर गर्दै गोलमा परिणत गरिन् ।

एपीएफको यो दोस्रो जित हो। जितसँगै एपीएफ ३ खेलबाट ७ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

एपीएफले पहिलो खेलमा बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले हराएको थियो। दोस्रो खेलमा भने भुटानको ट्रान्सपर्ट युनाइटेड एफसीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

लगातार दुई हारसहित कराँची प्रतियोगिताबाट बाहिरिएको छ। सबै चार खेलेको कराँचीले दुई खेलमा बराबरी गरेको थियो ।

फाइनल नजिक पुगेको एपीएफले लिग चरणमा भारतको इस्ट बंगाल एफसीसँग अन्तिम खेल खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार