२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

डा.कोइरालाले भने : संविधान ट्रयाकमा ल्याउन निर्वाचनको विकल्प छैन

बुधवार , पौष २, २०८२

 

काठमाडौं, पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचनको विकल्प नभएको बताएका छन्।

बुधबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार बनेदेखि नै संविधान ट्रयाक बाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन् ठूलो संवैधानिक संकट आउने भएकाले कांग्रेसले निर्वाचनमा जोड दिएको बताएका हुन्।

नेता कोइरालाले आफूहरूले तोकिएको समयमा निर्वाचन गराउने आकांक्षा राखेको भएपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरे।

तोकिएको समयमा निर्वाचन नभए संसद् पुनर्स्थापनाको सम्भावना बलियो हुने उनको भनाइ छ। उनले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने कुरामा ढुक्क हुन आग्रह गरे।

फरक प्रसंगमा नेता कोइरालाले कांग्रेसको विधान अनुसार शेरबहादुर देउवा पुनः सभापतिको उम्मेदवार हुन नमिल्ने जानकारी दिए। उनले तोकिएको समयमा नै कांग्रेसको महाधिवेशन हुनुपर्ने धारणा राखे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार