काठमाडौँ, पुस । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश 'क' र 'ख' ले सर्वसम्मत निर्णय गरेर नाम सिफारिस गरेको छ ।
प्रदेश कमिटी ' क' र ' ख ' को बैठकले सर्वसम्मत नाम पठाउने निर्णय गरेको हो । प्रतिनिधिसभा सदस्यमा काठमाडैाँ क्षेत्र नं ५ 'क' ले प्रत्यक्षतर्फ प्रदीप पौडेल, प्रकाश महर्जन र डा. भगवान खड्रकाकाे नाम सिफारिश गरेको छ भने प्रदेश ५ 'ख ' ले पनि प्रदीप पौडेल, प्रकाश महर्जन र डा. भगवान खड्काको नाम सिफारिश गरेको छ ।
त्यसैगरी प्रतिनिधिसभा सदस्यमा काठमाडैाँ क्षेत्र नं ५ ' क ' ले समानुपातिकतर्फ रमा गुरागाइँ, कृष्णकुमारी बस्नेत, कृष्ण थापामगर, भवानी केसी, श्यामबहादुर श्रेष्ठ, हजुरी शाहा चन्द, सुबिरनाथ खनाल रहेका छन भने राष्टियसभा सदस्यतर्फ प्रेमबहादुर खड्का र जयराम रेग्मी परेका छन ।
त्यसैगरी, प्रतिनिधिसभा सदस्यमा काठमाडैाँ क्षेत्रं ५ ' ख ' ले समानुपातिकतर्फ कृष्णकुमारी बस्नेत, कृष्ण थापामगर, भवानी केसी, गंगा सुनार, सरिता केसी छन भने राष्टियसभा सदस्यतर्फ प्रेमबहादुर खड्का एकल सिफारिशमा परेका छन ।
यसरी काठमाडौँ क्षेत्र नं ५ ' क ' र ' ख ' ले गरेको सिफरिश हेर्दा यसअघिका प्रतिनिधि प्रदीप पौडेलको नाम तनहुँ क्षेत्र नं २ बाट पनि सिफारिशमा परेका छन ।
अघिल्लो २०७९ को निर्बाचनमा पनि तनहुँबाट ने प्यास गरेका पौडेल यसपटक आफ्नै जन्मथलो तनहुँमा नै जाने प्रयासमा रहेको र यदी उनको यो प्रयास सफल भए काठमाडौँ क्षेत्र नं ५ ' क ' र ' ख ' ले सिफारीश गरेकामध्ये डा. भगवान खड्का र प्रकाश महर्जन यस क्षेत्रका संघीय संसद सदस्य पदका बलिया उमेद्वारका रुपमा उदाएका छन ।
यस क्षेत्रमा महर्जन तथा डा. खड्का दुबै नै अहिलेको जेन- जीको भावना अनूूरुपका युवा, समाजसेवी, क्रियाशिल, बिद्वान ब्यत्तित्वका रुपमा क्षेत्रमा पहिचान भएको ब्यक्तिका रुपमा चिनिन्छन ।
महर्जन लामो समयदेखि बिधार्थी राजनीतिमा योगदान गरेका र बिगत १५ बर्षदेखि महाधिबेशन प्रतिनिधि बनेर कांग्रेसको राजनीतिक बृत्तमा क्रियाशिल र ईमान्दार छवि बनाएका ब्यत्तिमा पर्दछन ।
यसैगरी, डा. खडका अर्थ तथा बाणिज्य क्षेत्रमा बिधाबारिधी गरेका बिद्वान, ईमान्दार, क्रियाशिल तथा हाल बागमती प्रदेशका सदस्य तथा कार्य सम्पादन समितिका सदस्य बनेर कांग्रेस बागमतीको राजनीतिमा योगदान गरेका ब्यक्तिका रुपमा चिनिन्छन काठमाडोँ ५ को क्षेत्रीय समितिले भने बेग्लै सूचि बुझाएको छ ।
काठमाडौँ क्षेत्र नं ५ को सिरफाीरशका निम्ति बैठक बस्दा केन्द्रिय परिपत्र अनुसार यस क्षेत्रमा रहेका केन्द्रिय, प्रदेश महाधिबेशन प्रतिनिधि, प्रदेश कमिटीका प्रतिनिधिको छलफल नराखी प्रतिनिधि सिफारिश गरिएको नेता तथा कार्यकर्ताको गुनासो छ ।
क्षेत्रीय समितिको सूचिमा भने डा.प्रकाशशरण महत, प्रदीप पौडेल, भैरव सापकोटा, रजनी थापा लगायतलाई सिफारिश गरेको छ । क्षेत्रले गरेको सिफारिशमा डा. प्रकाशशरण महत पनि पौडेल जस्तै नुवाकोट आफ्नो गृह जिल्लाबाट निर्बाचनमा भाग लिने तयारी गरिरहेका छन ।
नेपाली कांग्रेस क्षेत्र ५ 'क' र 'ख' र क्षेत्रको गरी तीनवटा बेग्ला बेग्लै सूचि बागमती प्रदेशलाई बुझाएको र तिनवटै सूचिमा छलफल हुने बताइएको छ ।