२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एमाले महाधिवेशन

एमाले नेतृत्व चयन : मतदानको समय सर्यो - ' ४ बजे देखि हुने '

मंगलवार , पौष १, २०८२

 

काठमाडौँ, पुस । एमाले नेतृत्व चयनका लागि आज अपराह्न ४ बजेदेखि मतदान सुरु हुनेभएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार विद्युतीय मतदान मेसिनमा उम्मेदवारको नाम इन्ट्री गरी परीक्षण गरेपछि मतदान सुरु हुनेछ ।

१ बजेबाट मतदान सुरु हुने तालिका भए पनि उम्मेदवारको सूची मेसिनमा राख्न समय लागेको हो । ४ बजेदेखि मतदान सुरु हुनेछ, आयोग सदस्य सानुराज पोखरेलले भने, अन्तिम नामावलीका प्रकाशित सबै उम्मेदवारको सूची विद्युतीय मेसिनमा समावेश हुनेछ । अब उम्मेदवारी फिर्ता लिए पनि उम्मेदवारको नाम मेसिनमा देखिनेछ ।

उनले मतदानका ८० मेसिनको प्रयोग गर्ने बताए । थप १० मेसिन ब्याकअपमा हुनेछन्, त्यसमध्ये पाँच मेसिन मतदानको अभ्यासका लागि राखिनेछ, उनले भने ।

एक जनालाई मतदान गर्न २५ मिनेटको समय लाग्ने उनको भनाइ छ । नेतृत्वका लागि २ हजार २६२ मतदाता रहेका छन् । केन्द्रीय कमिटी, पदाधिकारीसहित ३०१ पदका लागि ६०३ उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार