काठमाडौँ, मङ्सिर । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ।
निर्वाचन आयोगका अनुसार २२ सय ६५ प्रतिनिधि छान्नका लागि हालसम्म १३ सय८ फारम वितरण भइसकेको छ। संशोधित कार्यतालिकाअनुसार दरखास्त दर्ता सम्पन्न भएपछि आजै दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।
प्रारम्भिक नामावलीप्रति उजुरी दिने समय दिउँसो ४ देखि ४स्३० बजेसम्म तोकिएको छ ।
उजुरी उपर छानबिन र निर्णय साँझ ५ बजेसम्म सम्पन्न गरिनेछ भने उम्मेदवारको नाम फिर्ता साँझ ५ देखि ६ बजेसम्म गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली बेलुका ६:३० बजेसम्म प्रकाशन गरिनेछ ।