२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एमाले ११औँ राष्ट्रिय महाधिवेशन : बन्दसत्र सुरु

आइतवार , मंसिर २८, २०८२

 

काठमाडौँ, मङ्सिर । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–पटक सरेको थियो। सुरुमा १२ बजे तय गरिएको बन्द सत्र १ बजे हुँदै अन्ततः दिउँसो ३ बजेका लागि सारिएको थियो ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रतिनिधिहरूले खाना खाएपछि बन्द सत्र सुरु गरिने छ। बन्द सत्र काठमाडौँस्थित भृकुटीमण्डपमा आयोजना हुँदै छ।

बन्दसत्रमा दुई हजार दुई सय ६२ जना महाधिवेशन प्रतिनिधि सहभागी छन्। यसअघि बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको पुरानै विधान कायम राखेर अघि बढ्ने निर्णय गरेको छ। बैठकले विधानको मूल मर्म नबदल्ने र संरचनागत पक्षमा मात्र समायोजन गर्ने निर्णय गरेको हो।

निर्णय अनुसार बन्द सत्रबाट अध्यक्ष एक जना, उपाध्यक्ष ५ जना, महासचिव एक जना, उपमहासचिव ३ जना र सचिव ९ जनासहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी गठन हुने छ।

पोलिटब्युरो ९९ सदस्यीय बनाइने छ भने पोलिटब्युरोको एक तिहाइ सङ्ख्यामा स्थायी कमिटी गठन गरिने छ।

पार्टी नेतृत्वका अनुसार बन्द सत्रमा विधान संशोधनका सन्दर्भमा सङ्ख्या र संरचनामा मात्र परिवर्तन हुने र अन्य प्रावधान यथावत् राखिने छन्। बन्द सत्रबाट विधान संशोधन पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार