२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा निर्वाचन

डडेलधुरा कांग्रेस : ' देउवाको एकल नाम सिफारिस '

बिहिवार , मंसिर २५, २०८२

 

काठमाडौँ. मङ्सिर । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका लागि नेपाली कांग्रेस डडेलधुराले सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ ।

बिहीबार बसेको डडेलधुरा कांग्रेसको बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको उम्मेदवारमा देउवाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै समानुपातिकमा नरभान कामी र मानकुमारी थापा तथा राष्ट्रियसभाका लागि भीमबहादुर साउँद र रघुवर भट्टको नाम सिफारिस भएको कांग्रेस जिल्ला सचिव हेमराज चटौतले बताए ।

सभापति देउवा डडेलधुराबाट आठौं पटक सांसदको निर्वाचन लड्ने तयारीमा देखिएका हुन् । यसअघि उनी २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा डडेलधुराबाटै विजयी भइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार